Stand-Up Protest

0
131

म हरेक दिन बिहान ९:३० बजे बालुवाटारमा राष्ट्र बैंकको गेट्को पारी पट्टी हातमा #LeadersComeTogether लेखिएको पर्चा बोकेर किन उभिएर बस्छु ?
किनभने:
१. मलाई नेताहरुले मधेसमा आन्दोलन भैराख्दा पनि कानमा तेल हालेर बसेको देख्दा दुख लाग्छ ।
२. मलाई थाहा छ समयमै हामी बार्तलाव गरेर समस्याको समाधान गर्न सकेनौं भने देश फेरी अर्को आन्तरिक चपेटामा फस्छ र अन्योलको भुमरीमा फस्छ ।
३. मलाई लाग्छ नयाँ नेपाल तब मात्र सम्भव छ जब म सबैको अस्तित्वो, भावना र बिचारको कदर गर्छु र राष्ट्रको हितलाई केन्द्रबिन्दुमा रखेर अगाडी बद्छु ।
यो मेरो मात्र भावना पक्कै होईन, हामी धेरै जना यस्तै सोच्ने गर्छौँ । यदी हामीलाई अहिलेको गतिरोध अन्त्य हुनुपर्छ जस्तो लाग्छ भने, यदी हामीलाई सकारात्मक सोच र सद्भवको भावना फैलाउनु छ भने,
आउनुहोस बालुवाटर्!!! ##HamiNepali #DialogueForPeace #LeadersComeTogether